राजनीतिसमाचार

भ्रष्टाचारीको कुनै पार्टी, धर्म र राष्ट्रियता हुँदैन : मन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भ्रष्टाचारीको कुनै जात धर्म, पार्टी र राष्ट्रियता नहुने बताउनुभएको छ ।

वर्तमान सरकारले गैरकानुनी गतिविधिलाई निरुत्साहित गर्न पहलकदमी लिएको उल्लेख गर्दै मन्त्री गुरुङले मानव तस्करी, सुन ओसार पसार लगायतका ठुला ठुला काण्डहरूलाई कानुनी दायरामा ल्याई कारबाहीको प्रक्रिया अघि बढिरहेको र बिस्तारै अन्य ठुला फाइलहरू पनि खोलिँदै जाने जिकिर गर्नुभयो । सरकारका हरेक क्रियाकलापलाई एक थरीले नकारात्मक तवरले मात्र प्रचार गरी सरकारले गरेका पहललाई ओझेलमा पार्न खोजिएको उहाँको भनाइ छ ।

मुलुक परिवर्तनका लागि सबै नेतृत्वमा सोच परिवर्तन हुनु जरुरी रहेको मन्त्री गुरुङको धारणा रहेको छ।

Related Articles

Back to top button