समाचार

मुगु र हुम्लामा हिमपात

कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्ला र मुगुमा हल्का हिमपात र वर्षा सुरु भएको छ ।

गए राति २ बजेदेखि मुगु र हुम्लाको उच्च लेकाली बस्तीतिर हल्का हिमपात र बेसीमा वर्षा भएको छ । मुगुको पर्यटकीय गन्त्ब्य रारामा आधा इन्च हिउँ जमेको छ ।मुर्मा, मुन्दु, माथितुम, चंखेली, बाम, सोभा, घुच्चीलेक क्षेत्रमा पनि हल्का हिमपात भएको छ । मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो क्षेत्र मुगु , डोल्फू, किम्री, क्षेत्रमा पनि गए रातिदेखि पनि हल्का हिमपात भएको छ ।

त्यस्तै हुम्लाको सिमकोट बजार क्षेत्रमा पनि हिमपात भएको छ । माघ महिनासम्म पनि बर्षा र हिमपात नहुँदा खडेरीको चिन्ताले निरास भएको मुगाली र हुम्ली हिमपात र बर्षा सुरु भएपछि खुसी भएका छन् ।

Related Articles

Back to top button