खेलकुदसमाचार

आहा–रारा गोल्डकप : दोस्रो सेमिफाइनलमा आर्मी र चर्चब्वाइज खेल्दै

पोखरामा जारी आहा–रारा पोखरा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेड भिड्दैछन् ।

खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ । आजको खेल जित्ने टिमले शनिबार हुने २३ औं आहा–रारा पोखरा गोल्डकपको उपाधि भिडन्त खेल्नेछ । पहिलो सेमिफाइनलमा जावलाखेललाई १–० ले हराउँदै थ्रीस्टार क्लब बुधबारै फाइनल प्रवेश गरिसकेको छ ।यसपटक आर्मीले भरत खवासको कप्तानीमा खेलाडीहरू मैदान उतारेको छ । आर्मीको टिममा राष्ट्रिय टिमबाट खेलेका जिलेप्सीजंग कार्की, दिनेश हेन्जङ, विमल पाण्डे, विकेश कुथुलगायत छन् । चर्चब्वाइजको कप्तानी अनन्त तामाङले सम्हालिरहेका छन् ।

टिममा राष्ट्रिय टिमबाटै खेलिसकेका कमल श्रेष्ठ, नेपाल सुपर लिग (एनएसल)मा उत्कृष्ट प्रदर्शन गरेका रोहन कार्की, सन्तोष खत्री, सञ्जित राई, राजीव लोप्चन, कृपाकान्त चौधरी, समीर तामाङलगायत खेलाडी छन् ।

Related Articles

Back to top button