समाचार

मुग्लिन-पोखरा सडक: बीस किलोमिटर कालोपत्र

मुग्लिन-पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा बीस किलोमिटरमा एकतर्फी कालोपत्र गरिएको छ । जिल्लाको डुम्रेदेखि छिर्कनसम्म चौध किमि र आँबुखैरेनी क्षेत्रमा छ किमि गरी उक्त दुरीमा कालोपत्र सम्पन्न भएको हो ।

पूर्वी सडक खण्डमा हालसम्म ४४ प्रतिशत कार्य प्रगति भएको छ । उक्त स्थानमा कालोपत्र सम्पन्न भए लगत्तै आँबुखैरेनी गाउँपालिका कार्यालयबाट चार लेन कालोपत्रका लागि बेस हाल्ने काम पनि भइरहेको छ ।पृथ्वीराजमार्गको पूर्वी खण्डअन्तर्गत डुम्रे बजार क्षेत्रमा एक सय साठी भौतिक संरचनाका रु १५ करोड १३ लाख मुआब्जा निर्धारण गरिएको छ ।

सदरमुकाम दमौली बजारका ७५ भौतिक संरचनाका रु छ करोड बराबरको मुआब्जा निर्धारण गरिएको छ ।

 

Related Articles

Back to top button