राजनीतिसमाचार

बैंकहरु मिटरब्याजी भए : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरु मिटरब्याजी जस्तै भएको आरोप लगाएका छन् ।

बैंक,बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको ७ औं राष्ट्रिय महाधिवेशनमा शुक्रबार बोल्दै अध्यक्ष ओलीले मिटरब्याजीको जस्तो गरी तीन महिनापछि ब्याजलाई पनि सावाँमा गाभ्ने भएकाले बैंकहरु पनि मिटरब्याजी जस्तै भएको उल्लेख गरे ।

बैंकको ऋण नतिर्ने भनेर बैंकहरुले केही आधार बनाइदिएकाले केही व्यक्तिहरु आन्दोलित भएको ओलीको दाबी छ ।कर्जा लिँदा दुईपक्षीय सहमतिबिना ब्याज दर घटबढ गर्न पाइँदैन । यो व्यवस्था गर्नुपर्छ’ ओलीले भने,’ बैंकले एकतर्फी रुपमा कर्जाको ब्याजदर बढाउनु हुँदैन ।’

Related Articles

Back to top button