खेलकुदसमाचार

प्रधानमन्त्री कपमा आर्मीलाई हराउँदै पुलिस क्लब बन्यो च्याम्पियन

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । कीर्तिपुरको मैदानमा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिस क्लब ६ विकेटले विजयी बनेको हो ।

त्रिभुवन आर्मी क्लबले ४९.५ ओभरमा सबै विकेट गुमाएर दिएको १ सय ८१ रनको लक्ष्यलाई पछयाउदै नेपाल पुलिस क्लबले ३७.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा १ सय ८२ रन बनाउन सफल भइ प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ ।

नेपाल पुलिस क्लबका लागि शंकर रानाले ४३ बलमा सर्वाधिक ६२ रन, अर्जुन साउदले ३६ रन, अमित श्रेष्ठले २८ रन तथा आरिफ शेखले २७ रन बनाएका थिए ।

त्यस्तै बलिंगतर्फ पुलिस क्लबका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिन सफल भए भने सागर ढकाल, करण केसी र कुशल भुर्तेलले एक–एक विकेट लिएका थिए ।

Related Articles

Back to top button