राजनीतिसमाचार

जनताले सहज रूपमा सेवा पाउनुपर्छ : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन गर्दै जनताले सहजरूपमा सेवा पाउनुपर्ने बताउनुभएको छ ।

रौतामाई गाउँपालिकाका मागलाई सरकारले सम्बोधन गर्ने बताउँदै प्रधानमन्त्रीले स्थानीय तहलाई संविधानले धेरै अधिकार प्रदान गरेको बताउनुभयो । प्रधानमन्त्रीले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभूत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । शान्ति प्रक्रिया सबै राजनीतिक दलको सहमतिमै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले सबैको सहयोगमा देशको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुलुकको अर्थतन्त्र सही बाटोमा अगाडि बढेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पछिल्ला समय अर्थतन्त्रका सबै सूचक सही अवस्थामा  फर्किएको स्पष्ट पार्नुभयो ।

Related Articles

Back to top button