मनोरञ्जनसमाचार

इन्डियन आइडलबाट बाहिरिइन् मेनुका

भारतीय रियालिटी सो ‘इन्डियन आइडल’ बाट नेपालकी मेनुका पौडेल बाहिरिएकी छिन्।

आइतबार प्रसारित एपिसोडबाट उनी बाहिरिएको हो। मेनुका आइडलको टप १० भित्र मात्रै अटाउन सकिन्।मेनुकाले आफू बाहिरिएसँगै सामाजिक सञ्जालमार्फत् हालसम्मको साथ र सहयोगका लागि सबैप्रति आभार व्यक्त गरेकी छन्। आइडलको यात्रा टुंगिए पनि आफ्नो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको उनले उल्लेख गरेकी छन्।

फ्यानहरुलाई आफ्नो गायन, रेकर्डिङ र कन्सर्टमा साथ दिनसमेत उनले आग्रह गरेकी छन्।

Related Articles

Back to top button