अन्यसमाचार

आरती साहकी आमा र भाइ सिंहदरबारबाट पक्राउ

आरती साहकी आमा र भाइ सिंहदरबारबाट पक्राउ परेका छन् ।आरतीको न्यायको लागि ज्ञापनपत्र बुझाउन सिंहदरबार छिर्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई प्रहरीले सिंहदरबारको दक्षिण गेटबाट पक्राउ गरेको थियो ।गत जेठ ७ गते आरती आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिइन् ।उनको हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा जाहेरी दिएका थिए । यसपछि प्रहरीले आरतीका पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

आरतीका आमा, बुवा र बहिनी विगत ६ महिनादेखि काठमाडौंमा धर्ना नै बसेका छन् ।

Related Articles

Back to top button