राजनीतिसमाचार

अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट पारित

राज्य व्यवस्था तथा सुशासन समितिले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो।बैठकको निर्णय सुनाउँदै समिति सभापति रामहरि खतिवडाले समितिले राष्ट्रिय सभाबाट उत्पत्ति भएर आएको अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित भएको बताए।

समितिले पारित विधेयक बुधबारपछि बस्ने संसद्‌को बैठकमा पेस गर्ने जानकारीदिए

Related Articles

Back to top button