राजनीतिसमाचार

रास्वपाप्रति गगन थापाको टिप्पणी – जादुगर हुँ भन्दै आएर संविधानमाथि प्रहार गरिरहेका छन्

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ राजनीतिक दलहरुबाट पनि संविधानमाथि प्रहार भइरहेको आरोप लगाएका छन्।

नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्मेलनको उद्घाटनका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै निर्वाचनमा भाग लिएकोजस्तो देखिए पनि इतिहासलाई मेटाउने, संघर्षका दिनहरुलाई मेटाउने काममा लागेको बताए।

उनले आफू जादुगर हुँ भन्दै आउनेहरु लोकरिझ्याइँको राजनीति गरेर संविधानमाथि निरन्तर प्रहार गरिरहेको बताए। उनले संविधानमाथि प्रहार गर्नेहरुलाई चिनेर चिरफार गर्नुपर्ने बताए।उनले राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति लक्षित गर्दै विगतको अध्याँरोको बारेमा चर्चा गरेर अहिलेको कामलाई ओझेलमा पार्ने काम गरिरहेको टिप्पणी गरे।

गगनले भने म जादुगर हुँ भनेर आउँछ। यो पनि यो लोकरिझ्याँको राजनीति पनि यसले पनि संविधानमाथि लगातार प्रहार गरिरहेको छ।’

Related Articles

Check Also
Close
Back to top button