अर्थतन्त्रसमाचार

आर्थिक मन्दीका कारण विराटनगरका व्यापारिक मल धमाधम बन्द हुँदै

आर्थिक मन्दीका कारण कोशी प्रदेशको राजधानी विराटनगरका व्यापारिक मल धमाधम बन्द हुन थालेका छन् ।

हालैमात्र विराटनगर महानगरपालिका–८ हाटखोलामा सञ्चालित आरके सिटी सेन्टर बन्द भएको छ ।२०७६ साल फागुनमा एक अर्ब २५ करोड रुपैयाँ लगानीमा खुलेको आरेक सिटी सेन्टर मल गएको सोमवारदेखि पूर्ण रूपमा बन्द भएको हो । विश्वव्यापी आर्थिक मन्दी, असमान मूल्य र खुला सीमाको फाइदा उठाउँदै उपभोक्ता भारतीय बजारमा आकर्षित हुँदा मल बन्द भएको हो ।विश्वव्यापी आर्थिक मन्दी र सरकारको नीतिका कारण मलहरू बन्दको अवस्थामा पुगेको छ  ।

विराटनगरमा भन्दा भारतमा सामानहरु सस्तो पर्ने भएकाले भारतबाटै सामानहरु किनेर ल्याउने गरेको उपभोक्ताले बताएका छन् ।

 

Related Articles

Back to top button