अन्तर्राष्ट्रियसमाचार

१५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएकाे सीएनएनकाे दाबी

अमेरिकी सञ्चारमाध्यम सिएनएनले नेपालबाट १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएको दाबी गरेको छ ।

रुसी सरकारले गएको वर्ष विदेशी लडाकुलाई देशको सेनामा भर्ना हुनका लागि आकर्षक प्याकेज घोषणा गरेपछि १५ हजार जना नेपाली रुसी सेनामा भर्ना भएका विभिन्न स्रोतले बताएका सीएनएनले जनाएको छ । यो प्याकेजमा मासिक कम्तीमा दुई हजार अमेरिकी डलर तलब र चाँडोभन्दा चाँडो रुसी राहदानी (पासपोर्ट) प्राप्त गर्ने प्रक्रिया पनि समावेश भएको खबरमा उल्लेख छ ।नेपाल सरकारले भने झन्डै दुई सय नागरिक रुसी सेनामा भर्ना भएको र युद्ध क्षेत्रमा कम्तीमा १३ जनाको ज्यान गएको बताएको छ ।

रुसी सेनामा भर्ना हुन चाहने नेपाली पहिले पर्यटक भिसामा रुस जाने गरेका खबरमा उल्लेख छ ।

Related Articles

Back to top button