राजनीतिसमाचार

अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश

रौतहट जिल्ला अदालतले राजपुर बम काण्डका आरोपी मोहम्मद अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश दिएको छ।

आइतबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमको मुद्दामा साक्षी झिकाउन आदेश दिएको हो ।यो मुद्दामा आइतबार आलमका तर्फबाट अधिवक्ता लालबाबु राय, महम्मद साबिर हुसेन, मजरुल हक र अफताब आलमले बहस गरेका थिए ।

त्यस्तै बादी नेपाल सरकारको तर्फबाट जिल्ला न्यायधिवक्ता बद्रीकुमार कार्की र अधिवक्ता अधिवक्ता पुष्प पौडेलले बहस गरेका थिए ।

 

Related Articles

Back to top button