राजनीतिसमाचार

महासमिति बैठकको तयारीमा रहेको कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

नेपाली कांग्रेसले आगामी फागुन ३ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेस महासमिति बैठकको तयारी लगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।कांग्रेस महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ । पार्टीको १४औँ महाधिवेशनपछि पहिलोपटक हुन लागेको महासमिति बैठकलाई नीति अधिवेशनका रूपमा गर्नेगरी कांग्रेस केन्द्रीय कार्यालयले तयारीलाई तीव्र गतिमा अघि बढाएको छ ।

हाल देशभरबाट ९० प्रतिशत महासमितिको निर्वाचन सम्पन्न भइसकेको र बाँकी स्थानमा पनि हुने क्रममा रहेको सो पार्टीले जनाएको छ ।

 

Related Articles

Back to top button