अन्तर्राष्ट्रियसमाचार

देशभरका ५५ वटा विमानस्थलमध्ये हाल ३३ वटा मात्र सञ्चालनमा बाँकी २२ वटा बन्द

देशभरका ५५ वटा विमानस्थलमध्ये हाल ३३ वटा मात्र सञ्चालनमा छन्। बाँकी २२ वटा बन्द छन्।

दुर्गम क्षेत्रमा निकै पहिले निर्माण भएका थुप्रै विमानस्थल अहिले घाँसे मैदान बनेका छन्। हाल सञ्चालनमा रहेका विमानस्थलमै पनि नियमित उडान भइरहेको छैन।

नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले करिब ३० वटा विमानस्थलमा नियमित तथा साप्तहिक रूपमा उडान हुन्छ।हाल बन्द रहेका अधिकांश विमानस्थलको रनवे पाँच सय मिटर आसपास छन्। यी विमानस्थलमा राज्यको ११ अर्ब रूपैयाँ बजेट खेर गएको छ।२०४८ सालमा पोखराबाट बागलुङ बजार सडक सञ्जालले जोडिएपछि बागलुङको बलेवा विमानस्थल बन्द भएको थियो। २७ वर्षपछि २०७५ सालमा तारा एयरले उडान थाले पनि एक वर्ष नपुग्दै उडान बन्द भयो।

विमानस्थलसम्म पुग्न सडकको सहज पहुँच छैन।

Related Articles

Back to top button