समाचारसूचना प्रबिधि

टिकटकले सरकारलाई फेरि लेख्यो पत्र, प्रतिबन्ध फुकाउन आग्रह

सञ्चालनमा प्रतिबन्ध लागेपछि सामाजिक सञ्जाल टिकटकले पुनः सरकारलाई पत्र लेखेको छ।

गत कात्तिक २७ को मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। उक्त प्रतिबन्ध हटाउन आग्रह गर्दै टिकटकले सरकारलाई दोस्रोपल्ट पत्र लेखेको हो।

यसअघि टिकटकले कात्तिक ३० मा नेपाल दूरसञ्चार प्राधिकरण र मंसिर २० मा सञ्चार मन्त्रालयलाई पत्र लेख्दै प्रतिबन्ध नलगाउन आग्रह गरेको थियो। त्यसपछि आइतबार टिकटकले नेपालको कानुनअनुसार सञ्चालन हुने प्रतिबद्धता जनाउँदै प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई सम्बोधन गर्दै लेखिएको पत्रमा सामाजिक सञ्जालसम्बन्धी निर्देशिकामा भएका विषय कार्यान्वयन गर्न तयार भएको जनाइएको छ।

 

Related Articles

Back to top button