समाचार

रामचन्द्र पौडेलले मेनुका पौडेललाई गरे सम्मान

राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा मेनुकालाई सम्मान गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम र योग्यताले सबै नेपालीको शिर उच्च पारेको बताउनुभयो । उहाँले निरन्तरको अभ्यासबाट मानिसलाई सफलता प्राप्त हुने बताउनुभयो ।

Related Articles

Back to top button