समाचारस्वास्थ्य

सल्यानका १९ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइँदै

सल्यानका १९ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धका खोप लगाइने भएको छ ।

नौ महिना देखि ५ वर्ष सम्मका १९ हजार ४ सय ३४ बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।फागुन १० देखि १४ गतेसम्म  पहिलो चरण र १८ गते देखि २२ गते दोस्रो चरणमा गरी २ चरणमा खोप सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तारा रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा फागुन १० गते देखि १४ गते सम्म दार्मा गाउँपालिका, कुमाख गाउँपालिका र बागचौर नगरपालिका बाहेक ७ पालिकामा खोप सञ्चालन गरिनेछ भने बाँकी ३ पालिकामा १८ गते देखि २२ गतेसम्म खोप सञ्चालन गरिने  छ ।

Related Articles

Back to top button