समाचार

आजदेखि मौसममा सुधार हुंँदै

पश्चिमी वायुको प्रभावले हिजो देशभर आंशिकदेखि सामान्य बदली रहेपनि आजदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ ।

बुधबार साँझदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश खुलिसकेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको र देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आज आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । उता कोशी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Related Articles

Back to top button