अर्थतन्त्रसमाचार

सेयर बजारमा उच्च अंकको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ७१ अङ्कले ओरालो लागेर तीन सय ६८ दशमलव ५६ मा सीमित भएको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने एक उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।कुल एक करोड १४ लाख सात हजार दुई सय ६४ कित्ता शेयर रु तीन अर्ब ८६ करोड ९१ लाख १८ हजार सात सय ४१ मूल्यमा खरिद बिक्री भए।

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा छ। सो कम्पनीको रु २२ करोड ८५ लाख ७६ हजार दुई सय ६७ बराबरको शेयर कारोबार भयो।

Related Articles

Back to top button