खेलकुदसमाचार

विश्वकप क्रिकेट लिग: नेदरल्यान्ड्सको शानदार जित

आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत  आज भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नामिबियाले प्रस्तुत गरेको एक सय २४ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २७ दशमलव दुई ओरभमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । यस जितसँगै नेदरल्यान्ड्सले दुई खेलमा दुई अङ्क जोडेको छ । पहिलो खेलमा नेदरल्यान्ड्स नेपालसँग नौ विकेटले पराजित भएको थियो ।समान दुई खेल नै खेलेको नामिबियाको पनि समान दुई अङ्क नै छ । नेदरल्यान्ड्सको जितमा माइकल लेभिटले सर्वाधिक ५७ रनको योगदान दिए ।

नामिबियालाई सस्तैमा समेट्नेक्रममा नेदरल्यान्ड्सका आर्यन दत्त एक्लैले छ विकेट लिए भने कायल केलिनले दुई विकेट झारे । त्यस्तै रोलेफ भान डेर मार्वे र म्याक्स ओडोउडले समान एक÷एक विकेट झारे ।

Related Articles

Back to top button