समाचार

संविधानको कार्यान्वयन र रक्षा आजको मुख्य एजेण्डा: देउवा

ललितपुर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयन र यसको रक्षा अहिलेको मुख्य एजेण्डा भएको बताउनुभएको छ ।ललितपुरमा आजबाट सुरु भएको महासमिति बैठकको उद्घाटनसत्रलाई सम्बोधन गर्दै सभापति देउवाले संविधानको कार्यान्वयन आजको मुख्य एजेण्डा भएको बताउनु भएको हो ।

संविधान कार्यान्वयनमा देखिएको समस्या पहिचान गरेर शासकीय स्वरूपमा प्रतिकूल प्रभाव नहुनेगरी संविधान संशोधनको बहस  प्रारम्भ गर्नुपर्ने पनि सभापति देउवाले बताउनुभयो ।

‘संविधानको कार्यान्वयन र रक्षा आजको मुख्य एजेण्डा हुन् । यो हाम्रो दायित्व पनि हो । संविधानको उचित कार्यान्वयनले देशमा शान्ति, सुशासन र विकास ल्याउन सकिन्छ । संविधानमाथि जनताको स्वीकार्यता र स्वामित्व हुन्छ ।’ सभापति देउवाले भन्नुभयो ।

 

देउवाले गठबन्धनको निरन्तरता राजनीतिक जिम्मेवारी भएको बताउँदै भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने कुरा तत्कालीन परिस्थितिले निर्धारण गर्नुपर्ने भएकाले त्यही बेलामा निर्णय गर्दा उचित हुने उल्लेख गर्नुभयो ।

कतिपय नेताहरुले गठबन्धनको विषयलाई लिएर महासमिति बैठकबाट निर्णयमा पुग्नुपर्नेमा जोड दिएको धारणा राख्नुभयो ।

Related Articles

Back to top button