समाचार

अजित मिजारको हत्या आरोपीलाई कारबाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

अजित मिजारको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ।

सोमबार दिउँसो माइतीघर मण्डलमा केहीले प्रदर्शन गरेका हुन्। जिल्ला प्रशासन कार्यालय काठमाडौ‌ंले तोकेको निषेधित क्षेत्र तोडेर प्रदर्शन भएको हो। नेपाल राष्ट्रिय दलित केन्द्र नेपाल, एकीकृत दलित मुक्ति मोर्चा नेपाल, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, संयुक्त दलित अधिकार मञ्च नेपालले संयुक्त रूपमा प्रदर्शन गरेका हुन्।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ। कम्तीमा पनि १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

Related Articles

Check Also
Close
Back to top button