अर्थतन्त्रसमाचार

काठमाण्डौ महानगरकाे बजेट खर्च साढे २० प्रतिशत

काठमाण्डौ महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनामा २० दशमलव ५७ प्रतिशत बजेट खर्च गरेको छ ।

महानगरले चालु आर्थिक वर्षका लागि २४ अर्ब आठ करोड ५७ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा गएको साउनदेखि माघ मसान्तसम्म चार अर्ब ९५ करोड ५७ लाख रुपैयाँ खर्च गरेको हो ।  महानगरसँग १९ अर्ब १२ करोड ९९ लाख रुपैयाँ बजेट मौज्दात छ ।महानगरले वित्तीय सुशासनमा ५४ लाख विनियोजन गरेकोमा अहिलेसम्म ४६ प्रतिशतभन्दा धेरै अर्थात् २५ लाख १४ हजार रुपैयाँ खर्च भएको छ ।

यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा तीन अर्ब ४९ करोड १४ लाख विनियोजन भएकोमा एक अर्ब ५४ करोड ४१ लाख रुपैयाँ खर्च भएको छ । यस्तै ऊर्जा क्षेत्रमा सात करोड ७१ लाख छुट्याएको महानगरले सात महिनामा दुई करोड ७९ लाख रुपैयाँ खर्च गरेको छ । शिक्षा क्षेत्रमा दुई अर्ब ७२ करोड ७१ लाख विनियोजन भएकोमा ८८ करोड ७४ लाख रुपैयाँ खर्च भएको छ ।

महानगरले चार वटा क्षेत्रमा भने सात महिनासम्ममा एक प्रतिशत बजेट पनि खर्च गर्न सकेको छैन । जलस्रोत तथा सिँचाइ, भूमि व्यवस्था, गरिबी निवारण र श्रम तथा रोजगारी क्षेत्रमा बजेट खर्च शून्य प्रतिशत छ ।

यस्ताे छ महानगरकाे क्षेत्रगत बजेट खर्च–

Related Articles

Back to top button