अन्तर्राष्ट्रियसमाचार

अफगानिस्तानमा बाक्लो हिमपातसँगै पहिरो, २५ जनाको मृत्यु

अफगानिस्तानमा बाक्लो हिमपातसँगै  पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानको पुर्वीय प्रान्त नुरिस्तानमा भएको घटनामा ८ जना गम्भीर घाइते भएका छन् ।पहिरोले २० वटा घरहरु पुरिएका छन् । बाक्लो हिमपातका कारण उद्धारकर्मी घटनास्थल पुग्न असमर्थ भएकाले ठुलो मानवीय क्षति भएको अफगानी अधिकारीहरुले बताएका छन् ।

पहिरोले घर भत्केकाहरु उद्धारमा ढिलाइ हुँदा खुला आकाश मुनि जीवन गजार्न बाध्य छन् ।

Related Articles

Back to top button