राजनीतिसमाचार

काँग्रेसले लोकतन्त्रको स्थायित्व र सबलीकरणको नेतृत्व गर्नुपर्छ : उपप्रधानमन्त्री

नेपाली काँग्रेसका उपसभापति एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले ठूलो दलका हैसियतले काँग्रेसले लोकतन्त्रको स्थायित्व र सबलीकरणको नेतृत्व गर्नु पर्ने बताउनुभएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा  जारी पार्टीको महासमिति बैठकमा  ६५ पृष्ठ लामो नीति प्रस्तावमा प्रस्तुत गर्नुहुँदै उपसभापति खड्काले ठूलो दलका हैसियतले सबै राजनीतिक दल, नागरिक समाज तथा सञ्चार जगतलाई साथमा लिएर लोकतन्त्रको संरक्षण, सम्बद्र्धन तथा समुन्नतिको लागि काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

उपसभापति पूर्णबहादुर खड्काले देश र लोकतान्त्रिक शासन व्यवस्थामाथि संकट आइपरेको बेलामा पार्टीले जिम्मेवार र बुद्धिमत्तापूर्ण भूमिका निर्वाह गर्दै परिस्थितिलाई सम्हाल्दै आएको बताएको उल्लेख गर्नुभयो ।

 

Related Articles

Back to top button