राजनीतिसमाचार

महामन्त्री थापाद्वारा चुनावी गठबन्धन नगर्ने प्रस्ताव पेस

नेपाली काग्रेसका महामन्त्री गगन थापाले भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने सुनिश्चिततासहितको सांगठनिक प्रतिवेदन प्रस्तुत पेश गर्नुभएको छ ।

ललितपुरमा जारी महासमिति बैठकमा थापाले पेश गर्नुभएको प्रतिवेदनमा आगामी निर्वाचनहरु आफ्नै तागतमा एक्लै लड्ने र आफ्ना मतदातालाई कांग्रेसको चुनाव चिह्न ’रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने उल्लेख गरिएको छ । उहाको प्रतिवेदनमा निर्वाचन पूर्व गठबन्धन गर्दा पार्टीले एक्लै चुनाव लड्दा जस्तो कार्यकर्तामा विजयको भाव र उत्साह नआउने अनुभवन सिकाएको उल्लेख छ ।

 

थापाले प्रतिवेदनमा बहुमत भएकोले फरकमत राख्नेलाई बेवास्ता गर्ने, पराजितले जितेकोलाई असहयोग गर्ने प्रवृत्तिले अन्ततः संगठनलाई नै कमजोर बनाएको र विधानसम्मत थिति र विधिमा पार्टी संचालन कसरी गर्ने भन्ने विषय आजको ठूलो चुनौतीको रूपमा रहेको बताउनुभयो  ।

१४औं महाधिवेशनसम्मको क्रियाशील सदस्यताको समस्या समाधान गरी ८ लाख ६९ हजार ५५१ क्रियाशील सदस्यताको विवरण जिल्लागत रुपमा सबै जिल्लामा पठाएर नवीकरणको प्रक्रिया शुरु भइसकेको उहाको प्रतिवेदनमा उल्लेख छ ।

Related Articles

Back to top button