समाचार

मेनुका डिजिटलको”बेलघारि मा बेल” बजार

हरिहर घिमिरे, काभ्रे-मेनुका डिजिटलको अफिसियल युट्युब च्यानलबाट नयाँ नेपाली लोक दोहोरी गीत ‘बेलघरिमा बेल’ सार्वजनिक भएको छ । बालचन्द्र घोरसैनीको शब्द तथा संगीत रहेको गीतमा राजेन्द्र भण्डारी, प्रतिमा अर्याल, रामबाबु घोरासैनी, मिना रायमाझीको स्वर रहेको छ । गीतको संगीत संयोजन रामकृष्ण थापाले गरेका छन् भने आवाज नरेन्द्र वियोगीको रहेको छ ।

उमेश कार्कीले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा विनोद घोरसैनी, दीपेश घोरासैनी, साधुराम घोरसैनी लगायतका कलाकारहरुको अभिनय रहेको छ । भिडियोलाई छायांकन मारुभूमि नारायणले खिचेका हुन् भने रोशन धितालले सम्पादन गरेका हुन् ।
नेपाली लोक दोहोरी सङ्गीतका फ्यानहरूले गीतको मनमोहक धुन र शब्दको प्रशंसा गरिरहेका छन् । सहभागी प्रतिभाशाली कलाकारहरू बीचको सहकार्यले एक उत्कृष्ट कृति सिर्जना गरेको छ जुन संगीत प्रेमीहरू माझ जिबन्त हुने निश्चित छ।

Related Articles

Back to top button