समाचार

वडाअध्यक्ष रविन्द्र महर्जन भन्छन्– ‘जनतासँग गरेको वाचा पूरा गर्दैछौं’

रविन्द्र महर्जन, ललितपुर महानगरपालिका–२१ को वडाअध्यक्ष हुन् । २०७९ सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेकपा (माओवादी केन्द्र) बाट विजयी भएका हुन् । उनले नेकपा (एमाले) का उम्मेदवार ज्ञानभक्त डंगोललाई पराजित गरेका थिए । उनै वडा अध्यक्ष महर्जनसँग वडाको समग्र विकासको बारेमा गरेको कुराकानीको सम्पादित अंशः

वडा अध्यक्षको रूपमा काम गर्न कत्तिको सहज हुँदो रहेछ ?
वडा अध्यक्षको रूपमा काम गर्न सहज नै हुन्छ । आफूले गर्ने काममा पनि भर पर्दछ । कानूनी प्रकृया अनुसार गरेपछि सहज नै हुन्छ । कहिले काही अप्ठ्यारो परिस्थिति पनि आउन सक्छ । कामको चाप र जनताका गुनासोहरूलाई व्यवस्थान गर्न सक्यौं भने सहज रूपमा नै वडा सञ्चालन गर्न सकिदो रहेछ ।

वडा अध्यक्ष भएपछि तपाईंले वडामा गर्नुभएका मुख्य मुख्य कार्यहरू के के हुन् ?
वडा अध्यक्ष भएपछि गरेको मुख्य काम भौतिक पूर्वाधारको काम हो । यसका अलवा खानेपानी, स्वास्थ्य, शिक्षा, संस्कृति, पर्यटन, सम्पदा, रीतिरिवाज, परम्पराका कामहरू उल्लेखनिय रूपमा गरेका छौं । राजकुलो, कृषि, व्यवसाय प्रवद्र्धनका कामहरू पनि अहिले भैरहेका छन् । यी कामबाट वडावासीहरू लाभांन्वित भएका छन् ।

वडामा शिक्षा, पर्यटन, स्वास्थ्यको अवस्था कस्तो छ । यी क्षेत्रको विकासका लागि चाँही तपाईंंले कसरी भूमिका निर्वाह गर्दै हुनुहुन्छ ?
हाम्रो वडामा दुई वटा सामुदायिक र ३ वटा निजि विद्यालयहरू सञ्चालनमा रहेका छन् । यस वडामा सञ्चालित सामुदायिक विद्यालयमा विद्यार्थीको चाप रहेको छ । सामुदायिक विद्यालयमा कक्षा ५ सम्म नेपाल भाषामा पढाउने व्यवस्था मिलाएका छौं । सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरिय बनाउनको लागि निजि शिक्षक, इसिडी शिक्षकको पनि व्यवस्था गरेका छौं । विद्यालयको भौतिक सुधारको काम पनि गरेका छौं । चाइना फाउण्डेशनसँग मिलेर स्मालिङ प्रोजेक्ट मार्फत विद्यार्थीहरूलाई दिवा खाजाको पनि व्यवस्था रहेका छौं । हामी निर्वाचित भैसकेपछि रुद्रायणि माविलाई कक्षा ११ सम्म स्तररोन्नति समेत गरेका छौ । यो वर्षदेखि मण्टेश्वरी पढ्ने साना नानी÷बाबुलाई लक्षित गरेर निःशुल्क रूपमा कक्षा सञ्चालन गर्ने योजना बनाएका छौ, यसबाट अभिभावकले निजि विद्यालयमा तिर्नुपर्ने महगो शुल्कबाट वडावासीहरू मुक्त हुनेछन् ।
पर्यटनको सवालमा होमस्टे सञ्चालन गर्ने लक्ष्य लिएका काम गरेका छौं । तत्कालै ७ दने होमस्टेको तालिम सञ्चालन गर्नेछौं । खोकनाको प्रायः घरहरूमा आयस्रोतको लागि होमस्टे सञ्चालन गर्ने छौं । यहाँ हरेक महिनामा एउटा–एउटा सांस्कृतिक कार्यक्रम संचालन भैराखेका छन् । पर्यटन विकासको लागि खोकनाको १२ वर्षे मेला भैराखेको छ ।
स्वास्थ्यको कुरा गर्ने हो भने हामीले तीन वर्ष हुन लाग्यो, सबै वडावासीले निःशुल्क रूपमा औषधी उपचारको सुविधा पाउनु पर्छ भनेका छौ । निःशुल्क कार्यक्रम पनि चलाइ राखेका छौं, जसअन्तर्गत अहिले ४ जना डाक्टरले स्वास्थ्य परीक्षण गरिरहनु भएको छ । ल्याब सञ्चालन भैराखेको छ । इसिजि सेवा, भिडियो एक्सरेका सेवा, औषधी वितरण गर्ने कार्य भैरहेका छन् । यहाँ ल्याव परीक्षण नहुने केही परीक्षणको लागि निर्मामी डाइगोनिष्टसँग सम्झौता गरेका छौं, जहाँ ५० प्रतिशत छुटमा ल्याव परीक्षण हुनेछ । जेष्ठ नागरिकको लागि फिजियोथेरापी, आँखा परीक्षण्को लागि खोकना आई सेन्टर पनि सञ्चालनमा ल्याएका छौं ।

वडामा काम गर्न समस्या चाँही के के छन् ?
जनतालाई चेतनाको स्तर बढाउन, विकासमा साझेदारी गराउन अनि यो वडा हाम्रो हो भनी भावना जगाउन अलिक गाह्रो भएको छ । वडामा काम गर्न समस्या भनेको सांस्कृतिक सम्पदा क्षेत्रमा काम गर्न कार्यविधि बनेको छैन । परम्परागत रीतिरिवाज, सञ्चालन गर्न आर्थिक नभइ हुँदैन । कहिले काही आर्थिक समस्या हुने गरेको छ । बाटोघाटो विस्तारको क्रममा अलि बढी छलफल गर्नुपर्ने बाहेक खासै समस्या छैन ।

तपाई हिजो चुनावताका जनताको घरदैलोमा पुगेर भोट माग्द गरेका बाचाहरू के के पूरा गर्नुभयो ?
केही वाचाहरू पूरा भएका छन् भने केही बाँकी छन् । निर्वाचनको समयमा भनेको खोकनावासीहरूको लालपुर्जा छैन । लालपुर्जा नभएका पुराना वस्तीहरूको लालपुर्जा दिने काम अघि बढेको छ । अर्को वाचा वडावासीहरूलाई निःशुल्क खानेपानी वितरण गर्ने । यसको लागि बजेट विनियोजन गरिसकेका छौं । केही कार्यविधि बनाउनु पर्ने, मिलाउनु पर्ने भएकोले चाडै नै बनाएर निःशुल्क रूपमा खानेपानी वितरण गर्नेछौं । सांस्कृतिक रुद्रायणि देवखलः १२ वर्षे जात्रा संचालनको लागि ८ जना देव गण प्रवेश हुन बाँकी थियो । उहाँहरूलाई स्वास्थ्य, शिक्षा, रोजगारी प्रवद्र्धनको लागि हामीले बचन दिएका थियौं । अब स्वास्थ्य विमाको काम बाँकी छ । आगामी वर्षदेखि स्वास्थ्य विमा कार्यक्रम लागु गर्नेछौं । आगामी वर्षमा बजेट समेत विनियोजन गर्नेछौं । देवगणहरू र उहाँको परिवारको निःशुल्क रूपमा गरिदिनेछौं एकजना देवगणलाई आइटी पढ्नको लागि रकम सहितको छात्रवृत्तिको व्यवस्था समेत गरेका छौं ।

तपाईको कार्यकालमा तपाईको वडालाई कस्तो बनाउने योजना रहेको छ ?
काम गर्नुपर्ने त धेरै छन् र गर्छौं भनेका छौं । मेरो कार्यकालमा वडामा खानेपानी, शिक्षा, स्वास्थ्य, सडकलगायतको क्षेत्रमा स्तरोन्नती गरी वडालाई समृद्धिको बाटोमा पु¥याउने योजना रहेको छ । सामाजिक चेतनाको स्तर वृद्धि गरेर खोकनाको मौलिक पहिचान कायम गर्ने योजना छ,, त्यसलाई संरक्षण गर्दै दिर्घकालिन योजना बनाएर लैजाने सोच छ । हामीले २० वर्षे योजना तयार पारेका छौ । यसमा स्वास्थ्य, शिक्षा, संस्कृतिको बारेमा समेटिएर अबको २० वर्षमा खोकना कस्तो हुनेछ भनेर बनाएका छौं । भविष्यमा खोकना सुन्दर, रमणिय पर्यटकिय गन्तव्यको रूपमा छुट्टै पहिचान बनाउनेछ ।

अन्त्यमा यस अनलाईनमार्फत केही भन्नु छ की ?
खोकना पर्यटकिय सम्भावना बोकेको ठाउँ हो । यस वडाको समग्र विकासको लागि हामी लागिरहेका छौं । निकट भविष्यमा नै यसको परिणाम देखिने गरी आउने छ । विकासको लागि सबै वडावासी एकजुट हुनुपर्छ । सबैको सहयोग पनि आवश्यक छ । सबै मिलेर काम गर्यो भने राम्रो प्रतिफल दिनेनै छ । म भाषण र कुरामा भन्दा पनि काममा बिश्वास गर्छु । सबै वडाबासीको सुझाब र सल्लाहअनुसार काम गर्ने प्रतिबद्वता गर्दछु ।

Related Articles

Back to top button