समाचार

गोदावरीमा १८८२ विद्यार्थीले आधारभूत तहको परीक्षामा दिँदै

ललितपुर ,स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले आधारभूत तह कक्षा ८को परीक्षा लिने जिम्मेवारी स्थानीय तहलाई दिएको छ।

ललितपुरको गोदावरी नगरपालिकामा २०८० चैत्र १ बाट कक्षा ८ को बार्षिक परीक्षा सुरु भएको छ । १८८२ जनाले परीक्षाका लागि फारम भरेको वरिष्ठ विद्यालय निरीक्षक सुनिता महर्जनले जानकारी दिनु भयो ।उहाँका अनुसार परीक्षामा ६० विद्यालयको विद्यार्थीहरु सहभागी हुनेछन् । ७ विषयको परीक्षा सञ्‍चालानार्थ परीक्षा समितिले १४ वटा केन्द्रमा केन्द्राध्यक्ष निरीक्षक र सहयोगी गरेर ११८ जना जनशक्तिको परिचालन गरेको छ ।

नयाँ पाठ्यक्रम अनुसार कक्षा ८ मा यसै शैक्षिक सत्रदेखि ५० पुर्णाङ्‍कको परीक्षा सञ्‍चालन हुनेछ भने बाँकी ५० पुर्णाङ्‍क विद्यालयले आन्तरिक मूल्याङ्‍कनबाट लिइ अंक्षराङ्‍कन पद्धतिबाट नतिजा प्रकाशन हुन्छ ।

आधारभूत तथा माध्यमिक तहको शिक्षाका अधिकार स्थानीय तहमा रहे पनि परीक्षा व्यवस्थापनमा कक्षा ८ को परीक्षा व्यवस्थापन स्थानीय तहले गर्छ भने कक्षा १० र १२ को परीक्षा, परीक्षा बाेर्डबाट सञ्‍चालन र प्रमाणीकरण हुने गर्दछ ।विगतका तुलनामा गोदावरी भित्र सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढ्दो रहेको शिक्षा शाखा प्रमुख दीनानाथ पन्थीले जानकारी दिनु भयो।

Related Articles

Back to top button