शिक्षासमाचार

एसइइ २०८० मा ललितपुरबाट १० हजारभन्दा बढी विद्यार्थीहरू सहभागी हुँदै

नवराज सञ्जेल(आरजे), ललितपुर जिल्लाका ७७ वटा सामुदायिक विद्यालय र २०८ वटा संस्थागत विद्यालयबाट गरी कुल १००६२ विद्यार्थी एसइइ २०८० मा सहभागी हुँदैछन्।

जसमध्ये सामुदायिकतर्फ २९९४ जना र संस्थागततर्फ ७०६८ जना रहेका छन्।जसमा ४,९९४ छात्रा र ५,०६८ छात्र रहने छन् ।जिल्ला भित्रका प्राविधिक विद्यालय तर्फ पाँचवटा प्राविधिक विद्यालयले सहभागिता जनाउनेछन्। साथै एसइइ परीक्षामा ललितपुरबाट १३ जना जेलर विद्यार्थी पनि सहभागी हुँदैछन्।

खुला विद्यालयतर्फ पाटन माध्यमिक विद्यालयबाट ३६ जना र यशोधरा माध्यमिक विद्यालय थैनाबाट २६ जना गरी ६२ जना सहभागी हुँदैछन्। विगतमा जस्तै यसवर्ष पनि कालीदेवी माध्यमिक विद्यालय प्युटार,महाङ्काल मावि गोटीखेल र बाघभैरव मावि चौघरेलाई गृह सेन्टर दिएको छ।गतवर्ष ३५ परीक्षा केन्द्र रहेकोमा यस वर्ष ४० केन्द्र पुर्‍याइएको शिक्षा विकास तथा समन्वय इकाई ललितपुरका प्रमुख नीमप्रकाश सिंह राठौरले जानकारी दिनुभयो। यता विद्यालयमा प्राविधिक शिक्षामा जोड दिनुपर्छ भन्ने आवाज उठिरहँदा पनि ललितपुरबाट भने जम्मा ११९ जना विद्यार्थी मात्र प्राविधिक शिक्षातर्फ सहभागी हुँदैछन्। जिल्लाभित्र सिविल इन्जिनियर, कम्प्युटर, बाली विज्ञान ,इलेक्ट्रिकमा प्राविधिक तर्फ पढाइ हुने गरेको छ।ललितपुरबाट संस्कृत तर्फका ७ जना विद्यार्थी पनि यसपटक एसइइ परीक्षामा सहभागी हुँदैछन्।

विगतको तुलनामा करिब २०० विद्यार्थी बढेता पनि सामुदायिकतर्फको सङ्ख्या भने संस्थागत तर्फको तुलनामा निकै नै कम देखिएको छ।

उक्त परीक्षा सम्पन्न गर्नका लागि जिल्लाभित्र ४० केन्द्राध्यक्ष , ६५ जना सहायक केन्द्राध्यक्ष , ९८ परीक्षा सहायक र १९५ जना कार्यालय सहयोगी खटाइएको प्रमुख राठौरले जानकारी दिनु भयो ।

Related Articles

Check Also
Close
Back to top button