राजनीतिसमाचार

एमाले ललितपुरमा आचार्यको परिवारवाद  दाजु र भतिजलाई टिकट, श्रीमतीलाई प्रतिनिधि

ललितपुर ,नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर जिल्ला कमिटीको नवौँ अधिवेशन नजिकिएसँगै जिल्लामा सरगर्मी बढेको छ । सबै क्षेत्र र संगठनबाट अधिवेशनका लागि प्रतिनिधिको टुँगो लागिसक्दा प्रतिनिधि चयनका सन्दर्भमा विभिन्न टिकाटिप्पणी र असन्तुष्टिहरु समेत बाहिरिन थालेका छन् ।

विशेष गरी वर्तमान जिल्ला पार्टी अध्यक्षले आफू निकट र परिवारभित्रैकालाई अवसर दिँदा पार्टीमा लामो समयदेखी योगदान गरेका अन्य कार्यकर्ताले अवसर नपाएको भन्दै गुनासो आउन थालेको हो । चैत्र १५ गते सबै वडाबाट प्रतिनिधि टुँगो लगाईरहँदा आचार्यको गृह वडा गोदावरी नगरपालिका ४, बडिखेलबाट आचार्यसहित उनकी श्रीमती, भतिज भतिजीसमेत प्रतिनिधिमा पारेको भन्दै बडिखेलकै एक कार्यकर्ताले असन्तुष्टि व्यक्त गरे ।

बडिखेलबाट फेरि पनि अध्यक्षको दावेदार रहेका पुरुषोत्तम आचार्य सहित कुमार तिमल्सिना, अभय न्यौपाने, रुपा ढुँगेल आचार्य, केशर बहादुर पहरी र शुभानु आचार्य प्रतिनिधि आएका छन् । जसमाज
रुपा ढुंगेल अध्यक्ष पुरुषोत्तमकै श्रीमती हुन् भने शुभानु भतिजी हुन् । यसैगरी प्रेस चौतारी नेपाल ललितपुरबाट चौतारी अध्यक्ष बालमुकुन्द आचार्य छन्, जो पुरुषोत्तमका भतिज हुन् ।

६० प्रतिशत पहरी समुदायको बस्ती रहेको बडिखेलमा पहरी जातिको प्रतिनिधित्वलाई निरन्तर रुपमा अवमुल्यन गरिएको भन्दै स्थानीय एक कार्यकर्ताले यस्तो शैली माओवादीमा प्रचण्डको जस्तै परिवारबादको नमुना भएको दावी गरे । पहरी समुदायमा योग्य र सक्षम महिला हुँदाहुँदै दुईदुई जना महिला अध्यक्षले आफ्नै परिवारबाट पार्दा एमाले कमजोर रहेको बडिखेलमा झनै कमजोर हुने स्थितिमा पुगेको चर्चा बढेको छ ।

“जिल्ला अध्यक्षको नै घर रहेको वडा तथा नगरपालिका निर्वाचनमा सधैँ पराजयको सिकार बनिरहेको छ । यसमा चुनावी टिकटमा समेत आचार्य परिवारको शासन हावी हुनुको प्रमुख हात छ।” नाम नबताउने शर्तमा एक संगठित सदस्यले भने, ” २०७४ को स्थानीय चुनावमा आचार्यले आफ्ना भतिज विनायक आचार्यलाई वडा अध्यक्षको टिकट थमाए, २०७९ मा विनायककै बाबू राजन आचार्यलाई दिए । फलस्वरुप दुबैपटक लज्जास्पद पराजय व्यहोर्नुपर्यो ।”

२०७९ को स्थानीय निर्वाचनमा बलिया उम्मेदवार भनेर वडा अध्यक्षको टिकट दिइएका पुरुषोत्तम आचार्यका दाजु राजन आचार्यले जम्मा ३४६ मत प्राप्त गरेका थिए भने माओवादीका उम्मेदवारले ७ सय २७ र काङ्ग्रेसका उम्मेदवार ले १ हजार मत प्राप्त गरे विजयी भएका थिए ।

Related Articles

Back to top button