शिक्षासमाचार

गोदावरीमा कक्षा आठको नतिजा प्रकाशित

ललितपुर ,गत चैत १ गतेबाट चैत ८ गतेसम्म लिएको गोदावरी नगरस्तरीय आधारभूत तह कक्षा ८ को नतिजा सार्वजनिक भएको छ।

कुल १८८२ परीक्षार्थीले फारम भरेकोमा परीक्षामा सामुदायिकतर्फ २३ र संस्थागत तर्फ ४ अनुपस्थित गरी कुल १८५५ परीक्षामा सहभागी थिए। संस्थागत विद्यालयतर्फ ४० वटा विद्यालयबाट ११४१ जना र सामुदायिक विद्यालयबाट २० विद्यालयबाट ७४१ जना गरी ६० विद्यालयबाट परीक्षामा सहभागिता जनाइएको शिक्षा अधिकृत पदम कुँवरले जानकारी दिनुभयो ।
अरु विषयको तुलनामा नतिजामा गणित विषयमा धेरै विद्यार्थी असफल भएकाले परीक्षाको नतिजा प्रकाशन अगावै गणित शिक्षकहरूसँग आगामी दिनमा कसरी नतिजाको सुधार गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रियाको समेत आयोजना गरिएको थियो ।

ग्रेड वृद्धिको अवसर समेत प्रदान गरी विद्यालयबाट प्राप्त ग्रेड वृद्धिको नम्बरका आधारमा ९० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण भएका छन्। शिक्षा ,युवा तथा खेलकुद शाखाका प्रमुख तथा आधारभूत तह परीक्षा समितिका सदस्य सचिव दिनानाथ पन्थीले अनुसार आगामी दिनमा नतिजा सुधारका लागि नयाँ योजनाहरु ल्याइने बताउनुभयो। सामुदायिक विद्यालयतर्फका केही विद्यालयको नतिजा अब्बल रहेपनि केही विद्यालयले भने शिक्षण सिकाइलाई व्यापक रुपमा सुधार गर्नुपर्ने वरिष्ठ शिक्षा अधिकृत सुनिता महर्जनको तर्क छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ले कक्षा ८ अर्थात् आधारभूत तहको अन्तिम परीक्षा लिने अधिकार स्थानीय तहलाई दिएको छ।

केन्द्रीकृत परीक्षा प्रणालीबाट परीक्षा सम्पन्न गरी विशेषज्ञद्वारा कपी परीक्षण गराइएको र नतिजामा समस्या कम आओस् भन्नका लागि र विद्यालयलाई जिम्मेवार बनाउन अन्तिम नतिजाको इमिसबाट नै प्रकाशित गरिएको नगर शिक्षाले जानकारी दिएको छ।

Related Articles

Back to top button