समाचार

ललितपुर मुद्रण संघमा विष्णुहरि

ललितपुर –ललितपुर मुद्रण उद्योग संघको दशौँ वार्षिक साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशन ललितपुरको गोदावरीमा सम्पन्न भएको छ।

बागमती प्रदेशका सांसद माननीय रघुनाथ महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले अध्यक्ष राजकुमार घिमिरेको वार्षिक कार्य प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष निराजन शाक्यले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन सर्वसहमतिले स्वीकृत गरेको छ।प्रमुख अतिथि महर्जनले मुद्रण सम्बन्धि केहि समस्या देखिएकाले हल गर्न उद्योग मन्त्रालयसँग समन्वय गर्ने बताउनु भयो ।साथै उहाँले व्यवसायीको राज्यका लागि केही दायित्व भएको समेत बताउनु भयो ।

साधारण सभाले विष्णुहरि महर्जनको अध्यक्षतामा आगामी २ वर्षका लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। संघको प्रथम उपाध्यक्षमा दसराम महर्जन द्वितीय उपाध्यक्षमा दीपक श्रेष्ठ , सचिवमा निराजन शाक्य ,सह सचिवमा अतुल पाण्डे कोषाध्यक्षमा सत्यराम महर्जन सहित ११ जना निर्वाचित हुनु भएको निर्वाचन अधिकृत पुष्कर गौतमले जानकारी दिनु भयो ।निवर्तमान अध्यक्ष राजकुमार घिमिरे यस अघि नै केन्द्रीय प्रथम उपाध्यक्षमा निर्वाचित भइ सक्नु भएको छ।घिमिरेले आफनो कार्यकालमा सबैसँग समन्वय गरी आरोह अवरोहका साथ संस्था चलाएकाले आगामी दिनमा पनि सहमतिमै अगाडि बढ्नु पर्ने तर्क गर्नु भयो ।

Related Articles

Back to top button