समाचार

पुष्पाञ्जली साकोसले ऋणिहरुको लागि हर्जना ब्याजमा ७५ प्रतिसत छुट गरेको छ

ललितपुर ,ललितपुरको एक सहकारीले आफ्नो ऋणी हरुको लागि भनेर हर्जना ब्याज स्वरुप लिईने रकममा ७५ % सम्म छुट गरेको छ।

गोदावरी नगरपालिका ११ चापागाउँ ( कुस्लेचौर) मा रहेको पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५ औं स्थापना दिवस पारेर ऋणी हरुको लागि यो सुबिधा प्रदान गरेको हो।

संस्था बाट जारी गरिएको सुचना

बिग्रदो देसको आर्थिक अवस्थालाई मध्यनजर गर्दै ऋणी हरुले सहज रुपमा ऋण तिर्न सकुन भन्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको संस्थाका उपाध्यक्ष मुक्तिनाथ तिमल्सिनाले बताउनु भयो।पछिल्लो समयमा सहकारी प्रती मानिसको हेर्ने नजर फरक हुँदै गएको संस्था र ऋणी हरु बिचको संबन्धमा दरार उत्पन भैरहेको अवस्थामा हामिले हाम्रो संस्था बाट ऋण कारोबार गर्नेहरुको समस्यालाई ध्यानमा राखी यो सुबिधा प्रदान गरिएको तिमल्सिना बताउछन। एस्तो कार्यक्रमले संस्थाको शाख सदस्यहरु लगाएत ऋणी हरुलाई समेत एककृत गरि संस्था र ऋणी संगको सम्बन्ध सुमधुर गराउन मद्दत गर्नेछ।

गत सुक्रवार सार्वजनिक गरिएको सुचना अनुसार जेष्ठ मसान्त सम्म यो कार्यक्रम लागू हुनेछ भने जेष्ठ २७ गते संस्थाको कार्यालयमै सुभकामना आदनप्रदान गरि स्थापना दिवस मनाउने तयारी गरिएको छ।

Related Articles

Back to top button