समाचार

सन लाइफ इन्स्योरेन्स ले ल्यायो एजेन्ट फ्री थाइल्यान्ड टुर स्किम

हरिहर घिमिरे,काभ्रे – बनेपा शाखाबाट सन नेपाल लाइफ इन्स्योरेन्स कंपनीले अभिकर्ताहरुका लागि शुरु गरेको ‘फ्री थाईल्यान्ड टूर’ अन्तर्गत ‘एजेन्ट खुत्रुके स्किम’ कार्यक्रममा आज एकैदिन चौध वटा कुपन खसाल्न सफल भएको छ। कुपन खसाल्नेको शुभाराम्भ युवा पत्रकार हरिहर घिमिरे मार्फत भएको छ।यस उपलब्धिमा उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरुमा रोशनराज गिरि , प्रनिशा कुवर , प्रकाश श्रेष्ठ , टिकादेवी थापा , जितेन्द्र महर्जन, यसोदा सापकोटा अमृता रायमाझी धौगोडा , रबिना घिसिङ लगायत अन्य अभिकर्ताहरु समावेश छन्। कुपन खसाल्ने सबै अभिकर्तालाई हार्दिक बधाई ज्ञापन गर्दै सन नेपाल लाइफ इन्स्योरेन्स कंपनी लि . बनेपा शाखाका प्रमुख मुरारीप्रसाद तिवारीले फ्री छनोटको लागि अग्रिम शुभकामना व्यक्त गर्नुभयो ।

यस कंपनीले कार्यक्रमलाई थप उत्साहजनक बनाउँदै, असार मसान्तसम्मका लागि कुपन खसाल्ने प्रक्रिया खुला राखेको छ। इच्छुक अभिकर्ताहरुले असार मसान्तसम्म सम्पर्क गरी सहभागिता जनाउन सक्नेछन्। यस स्किममा सहभागी हुन देशभरिका अभिकर्ताहरुलाई प्रेरित गर्न, कम्पनीले विशिष्ट योजना बनाएको छ।

जेष्ठ-असार महिनामा करिब ७५ हजार प्रिमियम बुझाउने हरेक पोलिसीका लागि एउटा कुपन खसाल्न पाउने व्यवस्था गरिएको छ। ठूलो रकमको प्रिमियम भएमा, ७५ हजारको भागफल अनुसार छुट्टाछुट्टै कुपन खसाल्न सकिनेछ। यसरी खसालिएका सबै कुपनहरुबाट असार मसान्तपछि भाग्यशाली विजेता छनोट गरिनेछ। यस कार्यक्रमले अभिकर्ताहरुको मेहनतको सम्मान गर्दै उनीहरुलाई थप प्रेरित गर्ने उद्देश्य राखेको छ।

त्यस्तै, अर्को स्किम अन्तर्गत ४ लाख प्रिमियम पुर्याउने अभिकर्ताहरुलाई पनि स्वत: टुरमा छनोट गरिनेछ। यस कार्यक्रमले अभिकर्ताहरुलाई आफ्नो व्यावसायिक प्रदर्शनमा सुधार ल्याउन र उत्कृष्टता हासिल गर्न प्रेरित गर्ने विश्वास कम्पनीले लिएको छ।

यस अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कंपनीले अभिकर्ताहरुलाई उच्च मनोबलका साथ अगाडि बढ्न र आफ्नो लक्ष्य प्राप्त गर्न उत्साहित बनाएको छ। उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरुले थाईल्यान्ड टूरको अवसर पाउने भएकाले यस स्किमले सबैमा सकारात्मक ऊर्जा फैलाउने अपेक्षा गरिएको छ।

समग्रमा, सन नेपाल लाइफ इन्स्योरेन्स कंपनीको यस कार्यक्रमले अभिकर्ताहरुको मेहनत र समर्पणको सम्मान गर्दै, उनीहरुलाई थप उत्कृष्टता प्राप्त गर्न प्रेरित गरिरहेको छ।

Related Articles

Back to top button