ललितपुर । गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८१-०८२ को लागि २ अर्ब २८ करोड ५८ लाख ८४ हजारको बजेट सार्वजनिक गरेको छ । आइतबार भएको १५ औं नगरसभामा उपप्रमुख मुना अधिकारीले बजेट प्रस्तुत गरिन् । जसमध्ये चालु खर्च तर्फ रु ७६ करोड ९८ लाख ९५ हजार र पूँजीगत तर्फ रु १ अर्ब ४३ करोड ५९ लाख ८९ हजार र वितीय तर्फ ८ करोड हुने नगरपालिकाको अनुमान छ । नगरपालिकाले आन्तरिक राजश्व तर्फ ४५ करोड ४४ लाख रुपैया, संघीय सरकार वित्तीय हस्तान्तरण तथा राजश्व बाँडफाँडबाट ८३ करोड २६ लाख ३० हजार रुपैया, प्रदेश सरकार वित्तीय हस्तान्तरण तथा राजश्व बाँडफाँडबाट १४ करोड ३८ लाख ५४ हजार रुपैया, मालपोत रजिष्ट्रेशनबाट ३७ करोड रुपैया, लागत सहभागिताबाट २ करोड ५० लाख रुपैया र गत वर्ष २०८०-०८१ को वचतबाट ४६ करोड रुपैयाँ प्राप्त हुने लक्ष्य लिएको छ ।
नगरपालिकाले पुर्वाधार , पर्यटन र शिक्षालाई उच्च प्राथमीकतामा राख्दै पुर्वाधार तर्फ १ अर्ब ६ करोड ३५ लाख ४० हजार बजेट विनियोजन गरेको छ भने शिक्षा तर्फ ५ करोड ८४ लाख बजेठ विनियोजन गरेको छ । नीति कार्यक्रममा महिला ,किसान, मजदुर, दलित, जनजाती, पिछडावर्ग लगायतका समुदायको जिवनमा सुधार हुनेखालका कार्यक्रमहरुलाई उच्च प्राथमीकतामा राखीएको नगरउप्रमुख मुना अधिकारीले जानकारी दिई्न ।
नगरपालिकाले आ.व.२०८०/०८१ मा आन्तरिक राजश्व परिचालनतर्फ २५ करोड लक्ष्य राखेकाेमा २०८१ असार मसान्तसम्म ४६ करोड २१ लाख १७ हजार ६६४.५५ संकलन गरि लक्ष्यको १८४.८५ प्रतिशत प्रगति हासिल गरेकाे छ । वित्तीय हस्तान्तरण एवम् राजश्व बाँडफाँडबाट रु.१ अर्ब ३२ करोड ८९ लाख ९५ हजार प्राप्त हुने लक्ष्य लिएकाे गाेदावरीले २०८१ असार मसान्तसम्म १ अर्ब १९ करोड ९३ लाख ७५ हजार प्राप्त गरी लक्ष्य भन्दा १२ करोड ९६ लाख २० कम रकम प्रापत् गरेकाे छ ।
नगरपालिकाले आ.व.२०८०/०८१ को असार मसान्तसम्म रु २ अर्ब ५ करोड ५१ लाख ६८ हजार ४२२ रकम (अर्थात कूल बजेटको ७७.६४ प्रतिशत) खर्च गर्न सफल भएकाे छ । जसमध्ये चालु खर्च तर्फ ८९ करोड १४ लाख १८ हजार ६४४.४७ खर्च गरेका छ । उक्त खर्च चालू खर्चमा विनियोजन भएको रकमको ८२.९३ प्रतिशत हो । साथै पूँजीगत तर्फ विनियोजन भएको रकम मध्ये १ अर्ब १६ करोड ३७ लाख ४९ हजार ७७७.७४ खर्च भइ पूँजिगत खर्चमा ७४.०४ प्रतिशत खर्च भएको छ ।
माथी उल्लेखित समाचार र फोटो खोजमिसन न्युज बाट प्रस्तुत गरिएको छ।