ललितपुर - बिगत ४ दिन देखि परेको अबिरल बर्षाको कारणले दक्षिण ललितपुरको बिद्दुत र संचार सेवा पुर्ण रुपले बन्द भएको छ।ललितपुर जिल्लाको तीन गाउँपालिका बागमती,कोन्ज्योसोम महाङकालमा पर्ने सम्पुर्ण क्षेत्रहरुमा बिद्दुत संञ्चार सेवा आपुर्ती हुन सकेको छैन।
दक्षिण ललितपुर बाट राजधानी छिर्ने सम्पुर्ण सडक संञ्जाल बन्द भएको कारण अझै १० दिन बिद्दुत आपूर्ति गर्न नसकिने दक्षिण ललितपुर ग्रामीण बिद्दुत सहकारी संस्थाको अध्यक्ष गोबिन्द बजगाईले बताउनु भयो। बजगाईका अनुसार टिकाभैरब बाट तिनपाने सम्मको बाटो र नल्लु भञ्ज्याङ् सम्मको बाटो तत्काल मर्मत गर्न सकियो भने करिब १० दिन भित्र केही ठाउँमा बत्ती बाल्न सकिन्छ भने साखा लाईनको बत्ती दसै अगाडि पुर्ण रुपमा बाल्न नसकिने भएको छ।यदि समयमा बाटो खुलेन भने दसैं अगाडि बिद्दुत आपूर्ति गर्न नसकिने जानकारी दिनु भयो।
बाढी पहिरोका कारण ठोस्ने खोलाको पोल ट्रान्सर्फमर ,चौघरेको ट्रान्सर्फमर ,गिम्दी खुर्मी बेसिंको मेन लाईन ,अस्टे बगर नागटार अगाडिको पोल लगाएत ५०/६० ओटा मेन लाईनको पोल बगाएको छ।शाखा लाईनको पोल भने प्राय सबैनै बगाएको आंकलन गर्न सकिन्छ संचार संञ्जाल अवरुद्ध हुदा एकिन डाटा प्राप्त गर्न अझै समय लाग्ने भएको छ।
बैकल्पिक लाईन ल्याउनको लागि खानिखोला हाईड्रो बगाएको हुदा त्यसबाट सम्भव रहेन ,हेटौंडा हुँदै आउने लाईनलाई माल्टा सवस्टेसन बाट सप्लाई गर्न पनि बाटो अवरुद्द हुदा त्यो पनि तत्काल सम्भव हुन सकेको छैन।
सडक संञ्जाल छिटो खुल्ने हो भने पहिलो चरणमा टेलिकम ,हस्पिटल ,अस्पताल ,प्रहरीचौकीमा बिद्धुत आपूर्ति गर्ने तयारी भैरहेको छ।
ढुङेपानी लगाएत अन्य स्थानमा रहेको नेपाल टेलिकमको टावरमा ब्याकअप नहुदा संञ्चार सेवा पुर्ण रुपमा अवरुद्ध भएको छ। ब्याक अप जेनेरेटर लगाएत आवश्यक इन्धन लैजान सडक संजाल बन्दा हुदा अझै केही दिन टेलिफोन सेवा अवरुद्द हुने खबर प्राप्त भएको छ।