ललितपुर - तामाङ पत्रकार सङ्घ ललितपुर शाखाको चौथो अधिवेशन तथा अन्तर्क्रिया भव्य रूपमा सम्पन्न भएको छ।
ललितपुरको पुलचोक स्थित देउराली फाउन्डेसनको सभा हलमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति ललितपुरका उप-प्रमुख रामलाल थिङ बाट उद्घाटन गरिएको थियो ।अधिवेशनको सभापति प्रकाश थिङले गरेका थिए। कार्यक्रमलाई विशेष महत्त्व दिँदै प्रेस युनियन उपत्यका प्रदेशका महासचिव साइँला तामाङले तामाङ पत्रकारिताको योगदानलाई अझै सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा प्रतीक न्यासुर,जीवी लामा, प्रेस चौतारी ललितपुरका अध्यक्ष बीएम आचार्य,रमेश प्रसाद घिमिरेलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले पत्रकारितामा तामाङ समुदायको भूमिकालाई अझै प्रभावकारी बनाउँदै समुदायको आवाजलाई राष्ट्रिय मञ्चमा पुर्याउनुपर्ने धारणा व्यक्त गरे।
अधिवेशनमा सङ्घको भावी योजना र कार्यक्रमबारे छलफल भएको र सङ्गठनलाई थप क्रियाशील बनाउन नयाँ रणनीति तय गर्ने निर्णय गरिएको छ। तामाङ समुदायको मौलिक पहिचान र संस्कृतिको प्रवर्द्धनमा सञ्चार माध्यमहरूको भूमिकाबारे समेत व्यापक छलफल भएको आयोजक समितिले जनाएको छ।
अधिवेशन बाट सात सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको थियो।अध्यक्ष प्रकाश थिङ, उपाध्यक्ष कविराज तामाङ,सचिव स्मिथु घिसिङ ,स-सचिव कमल योन्ञ्जन,कोषाध्यक्ष बुद्ध राज तामाङ ,सदस्य संन्जिब सी तामाङ, र राजकुमार थिङ सर्वसम्मत चयन भएकाछन।कार्यक्रमको समापनमा सङ्घका अध्यक्ष प्रकाश थिङले सबै अतिथि र सहभागीलाई धन्यवाद व्यक्त गर्दै अधिवेशनलाई सफलतापूर्वक सम्पन्न बनाउन सहयोग पुर्याउने सबैलाई विशेष आभार व्यक्त गरे।