ललितपुर - तामाङ समुदायको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढिकरण भन्ने मूल नाराका साथ सन् २००५ मा कतारमा स्थापित तामाङ समाज नेपालमा सकृय हुने गरि बिक्रम सम्बत २०७६ सालमा काठमान्डौमा दर्ता भै विभिन्न सामाजिक कार्य गर्दै आईरहेको तामाङ समाज नेपालले ललितपुरमा पनि शाखा बिस्तार गरेको छ। उक्त कार्यक्रमा
प्रमुख अतिथि एवं तामाङ समाज नेपाल केन्द्रको अध्यक्ष कमल योञ्जन तामाङले यसरी नै नेपालको हरेक जिल्ला जिल्लामा रहेको तामाङहरु , लामा, ताम्बा, बोन्बो, गान्बा, कलाकार, खेलाडी, बुद्धिजीवी, कवि, देश तथा बिदेशमा रहेको सम्पूर्ण तामाङहरु, तामाङ संघ संगठनहरु तामाङ समाज नेपालमा जोडिन आग्राह गर्दै तामाङ समाज नेपाल को उदेश्य लाई देश हरेक कुनामा शाखा विस्तार लक्ष्यका साथ अघि बढ्ने बताउनु भयो। यसैगरी तामाङ समाज नेपाल केन्द्रको कोषाध्यक्ष सोनी लुङ्बा तामाङले जुनसुकै कार्यक्रममा महिला सहभागिता कम भएको र अबको दिनहरुमा महिला सहभागिता बढाउनु पर्ने बताउदै तामाङ महिलाहरु पनि सक्षम छन् , घास , दाउरा , र घरायसी काममा मात्रै सिमित नहुनु भन्नू भयो कार्यक्रम लाई सम्बोधन गर्नु हुदै तामाङ समाज नेपाल केन्द्रीय उपाध्यक्ष अशोक सिङ्तान तामाङ हामीले
बिगतको दिहरु सम्झिदै तामाङ समाज कतार देखि तामाङ समाज नेपाल सम्मको यात्रा स्मरण गर्दै तामाङ समाज तामाङ समाजमा धेरै परिवर्तन गर्नु, गराउनु छ। तामाङ समाजको लागि कुनै पनि समय हाजिर हुदै सामाजिक कार्यमा तत्पर लागि पर्ने प्रतिबद्दता जनाउनु भएको थियोे कार्यक्रममा छिमेकी मार्टका अध्यक्ष नर बहादुर तामाङले आफ्नो भनाईमा ' यसरी एक जुट हुदै गएमा हामी तामाङ हरेक कार्यमा सबल हुन सक्छौ। बिशेष त् हामी तामाङहरुको आर्थिक अवश्थ कम्जोर रहेको पाईएको छ यदि यसरी नै सामाजिक , आर्थिक , राजनैतिक कार्यहरुमा एकजुट हुदै गएमा छिटै नै सफलता मिल्ने बताउनु भयो ।
कार्यक्रम लाई सम्बोधन गर्नु हुदै बिशेष अथिति महिला बिकास संघको अध्यक्ष रमिला योञ्जनले हरेक सामाजिक संघ सस्था राजनीति करण भैरहेको अवस्थामा पनि आफ्नो धर्म नछोडेको सस्थाको कार्यक्रममा उपास्ति हुन पाउदा गर्व महशुस गर्नु गर्दै तामाङ महिलाहरु एकै आउनु पर्ने त्यसको लागि महिला विकास सधै खुल्ला रहेको बताउनु भयो । तामाङ समाज ललितपुर घोषण सभाबाट १३ सदसिय ललितपुर जिल्ला शाखाका कार्यसमिति चयन भएको छ।
अध्यक्ष - संजीब सिङ्ग तामाङ,उपाध्यक्ष - रबिन्द्र योञ्जन लामा सचिब - लोक बहादुर तामाङ,कोषाध्यक्ष- मान बहादुर तामाङ,सह-कोषाध्यक्ष- शान्ति तामाङ,कार्यसमिति सदस्य - सन्तोष तामाङ,मनमाया गोले, आशिष लामा तामाङ,बिजय तामाङ, कमल थिङ तामाङ, सबिता तामाङ अच्युत लामा तामाङ, अनिल मार्पा तामाङ, सदस्य तथा संचार विभागीय प्रमुख - प्रकाश थिङ्ग तामाङ ललितपुर जिल्ला सदस्य - श्याम बहादुर योञ्जन तामाङ,अन्जना लामा तामाङ, प्रेम ढिम्डुङ्ग तामाङ, राज लामा तामाङ, रोज लामा तामाङ, मिलन तामाङ,
जयराम लामा तामाङ, युना लामा तामाङ अन्य सदस्य मनोनीत गर् गरि २३ सदस्यीय जिल्ला कार्य समिति तयायार भएको छ।
तामाङ समाज नेपाल ललितपुर शाखा अध्यक्ष संजीव सिङ्ग तामाङले भन्नू भयो म विश्वको कुनै पनि देशमा बसेको थियो भने म पहिला नेपाली भनेर चिनाउथे तर म अहिले नेपाल मा बसेको छु , नेपाली भन्द पनि म तामाङ भनेर चिनाउछु अनि तामाङ भित्र पनि 145 थर मान्छे म मेरो स्वागे भाइहरु लाइ प्रथामिकता दिन्छु त्यसैले आफ्नो पहिचानलाइ सम्जिन्छु त्यसैले मेरो देशभित्र तामाङ पहिचान चाहन्छु म र हरेक तामाङको आर्थिक ,शैशिक परिवर्तन चाहन्छु र माया प्रेम लाग्छ मलाइ । तामाङ समाज नेपालको बिधानमा रहेर यसको उदेश्य प्राप्ति र लक्ष पुरा गर्न का निमित्त दक्षिण ललितपुरमा बसोबास गर्ने ८०% भन्दा बादी तामाङहरुको ढुकढुकी बनेर तामाङ समाज नेपाल ललितपुर, हरेक तामा ङ्ग हरुको बस्ति बस्तीमा पुगेर तामाङ समाज नेपाल उदेश्य लाई सबै संघ सहकार्य गर्दै अगाडि बढ्ने बचा गर्नु हुदै । ललितपुरका अध्यक्ष सन्जिब सिङ्ग तामाङले कार्यक्रम्म समापन कार्यक्रम प्रकाश थिङले संचालन गरेको थियोे