समाचार

फोनिज ललितपुर द्वारा पत्रकार सम्मानित

ललितपुर ,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ललितपुरले ६ जना पत्रकारलाई सम्मान गरेको छ । ललितपुरलाई कार्यक्षेत्र बनाएर संघीय समिति, प्रदेश समितिमा नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई शनिबार सम्मान गरेको हो ।

आउँदै गरेको नव वर्ष २०७९ सालको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा ललितपुरको गोदावरी नगरपालिका नगर प्रमुख गजेन्द्र महर्जनले उनीहरुलाई दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।

नगर प्रमुख महर्जनले नेत्र तामाङ, सञ्जु ब्लोन तामाङ, बुद्ध योञ्जन, प्रकाश चाम्लिङ, पासाङ घिसिङ, सुनिल महर्जनलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

नगर प्रमुख महर्जनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा फोनिज संघीय समितिको महासचिव मिलन लिम्बुको विशेष आतिथ्यता रहेको थियो । अतिथिहरुमा फोनिज बागमती प्रदेश समिति सचिव र सम्मानित भएका केन्द्रीय र प्रदेश समिति सदस्यहरु रहेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button