समाचार

पालिका भित्र रहेको हाइड्रोपावर बाट फाइदा लिन नसक्नु हाम्रो दुर्भाग्य हो

ललितपुर ,पालिका भित्र रहेको हाइड्रोपावर बाट फाइदा लिन नसक्नु हाम्रो दुर्भाग्य हो

निर्वाचित जनप्रतिनिधि हरुले निर्वाचन अगाडि गरेका प्रतिबद्धता अनुसार काम गर्नु पर्छ।बजेट पार्दैमा जिम्मेवारी सकिने हैन प्राप्त बजेटलाइ सफल कार्यन्वयन गर्नु ठूलो कुरा हो।आफ्नो वडाको बिकास निर्वाण देखि जनताको साना साना कामको सम्बोधन गर्नु जनप्रतिनिधि हरुको दायित्व हो।

ललितपुरको तीन पालिका मध्य सबैभन्दा धनी पालिका बागमती गाँउपालिका हो।स्थानिय श्रोत साधन लाई राम्रो परिचालित गरेर राम्रो आम्दामी लिन सक्ने पालिका भित्र हाम्रो बागमती पर्छ।यहाँ कृषि पर्यटन, उद्योग लगाएतको आधार लाई पालिकाको आम्दामी श्रोतको रुपमा लिन सकिन्छ।यहाँका अधिकांस ब्यक्ति हरु कृषिमा निर्भर रहेका छन ।पालिकाको कुल जनसंख्या मध्य करिब ७०% जनता कृषिमा आत्मा निर्भर छन यी मध्य बाकी ३०% रोजगारी वा ब्यबसायमा संलग्न रहेका छन एसो हुदा बजेट तर्जुमा गर्दा हामिले कृषीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु पर्ने देखिन्छ।भुगोल र हावापानीको बनावटले गर्दा ठाउँ अनुसार भिन्न भिन्न कृषि परियोजना संचालन गर्ने हो भने बेरोजगारी समस्या केही हद सम्म न्युनीकरण गर्न सकिन्छ।

हामिले उत्पादन गरेका कृषि उपच हरुलाइ ब्यबस्थित तरिकाले बजार सम्म पुर्याउने मार्ग पालिकाले निर्धारण गरिदिनु पर्छ।यहाँ कृषक हरुको दुख पसिनाको फाइदा लिने बिचौलिया भएका छन।हामिले त्यस्ता किसान बाट उत्पादित बस्तु हरुलाइ बिना बिचौलियामार्फत बजारिकरण गर्दिने मात्र हो भने पनि धेरै युवा हरु कृषि प्रती आकर्षित हुने देखिन्छ।

पछिल्लो समयमा पालिका भित्र संचालित विभिन्न चिया पसल खाना खाजा होटल वा अन्य व्यावसायि हरुले दर्ता नगरी संचालन गरेको पाइएको छ।यसरी संचालित ब्यबसायहरुले आफू खुसी मूल्य राखेर सामान बिकृबितरणहुनाले स्थानिय मर्कामा परिरहेको छ।एसको लागि पालिका बाट बजार ब्यबस्थापन कार्यबिधी निर्माण गरेर नियमित अनुगमन गर्ने।होटल ब्यबसायी हरुको लागि छुट्टै कार्यबिधी बनाएर दर्ता नभएका उद्दोग हरुलाइ दर्ता गर्न तर्फ प्रेरित गर्ने खालको योजना अगाडि बढाउन सकियो भने कर छली गरि अनियमित कर्यहरु प्रती न्यूनीकरण गर्न सकिन्छ साथै विभिन्न पर्यटकीय स्थल हरुमा मापदण्ड तोकेर होम स्टे निर्वान गर्न प्रेरित गर्ने हो भने आन्तरिक पर्यटनको बाटो खुलाउन सहज हुने देखिन्छ।

बागमती गाउँपालिका भित्र रहेको झाक्रीडाँडा देखि भट्टेडाँडा हुँदै माझखन्ड जोडिएको रोपवे एति बेला एकदमै धराप अवस्थामा रहेको छ।टागिएका तार हरु अब्यबस्थित रुपमा सडक, घर छेउ छाउ झोल्लिएको अवस्थामा छ एसले कुनै पनि बेला मानविय वा भौतिक क्षेती नगर्ला भन्न सकिन्न तसर्थ यथा सिघ्र त्यस्तो अबयबस्तित वा जोखिम अवस्थामा रहेका तार हरुलाइ तत्काल हाटाउनु पर्ने देखिन्छ।पालिका भित्र संचालित सबै भन्दा ठूलो परियोजना खानिखोला हाइड्रोपावर बाट पनि पालिकाले खासै फाइदा लिन सकेको जस्तो लाग्दैन।नियमित अनुगमन अनि स्थानीय हरुको श्यर लागत बराबर रकम लिन नस्क्दा स्थानिय मारमा परिरहेको छ।एसको लागि पालिका वा वडा हरुले सहजी करण गर्दिएको खण्डमा धेरै स्थानियले लाभ प्राप्त गर्ने थिए।

(बागमती गाउपालिकाको दोश्रो गाउसभाको प्रथम अधिबेशन लाई सम्बोधन गर्ने क्रममा जिल्ला समन्वय समिति लितपुरका उपप्रमुख तथा भट्टेडाडाका निर्वाचित वडा सदस्य( माओबादी केन्द्र) राम लाल थिङ दिनु भएको मन्तब्यको सारांस)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button