अन्तर्राष्ट्रियसमाचार

आज विश्व हात धुने दिवस

आज १५ अक्टोबर अर्थात विश्व हात धुने दिवस । नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

हरेक वर्ष अक्टोबर १५ मा यो दिवस यो दिवस मनाइँदै आएको छ। यो दिवस विश्वभरका मानिसलाई हात धुने बानीमा सुधारका लागि उत्प्रेरित र परिचालन गर्ने एउटा अन्तर्राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको हो।

सन् २००८ को अक्टोबर १५ तारिखदेखि नेपालमा यो दिवस मनाउन शुरु गरिएको हो । आम जनमानसमा व्यक्तिगत सरसफाई तथा स्वच्छतासम्बन्धी चेतना फैलाउन हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।आफ्ना हातहरु सफा राख्नु स्वास्थको हिसाबले एउटा महत्वपूर्ण कार्य हो । सफा हातले रोगव्याध लगायत अन्य संक्रमण र किटाणुहरुबाट समेत मानिसलाई पर राख्दछ ।विश्वभरि नै हात सफा नभएका कारणले नै बिभिन्न रोग अनि संक्रमणहरुका कारण लाखौंको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङकले देखाएको छ । अहिले पनि प्रतिवर्ष विश्वभरि करिब १ करोड ८० लाख बालबालिकाको मृत्यु गराउने एक मुख्य कारण झाडापखाला मानिएको छ ।

साबुन पानीले हात धुने चलन र ब्यवहार मात्र पनि नियमित र प्रभावकारी गर्न सके करौडोंको संख्यामा जीवन बचाउन सकिने चिकित्सकहरुको भनाई छ ।

Related Articles

Back to top button