समाचार

बागमतीले गर्यो तीन जना बाढिपिडितलाई जग्गा बितरण

ललितपुर / बागमती गाउपालिकाले तीन जना बाडी पीडित लाई जग्गा धनी पुर्जा बितरण गरेको छ।
बर्षाको समयमा बाढी पहिरोले पुर्ण रुपमा क्षती पुगेका बागमती गाउपालिकाको भट्टेडाडा स्थित रातमाटेडाडाको स्थानीय होइसल बोम्जन,सुन बहादुर बोम्जन र सोम बाहादुर बोम्जनलाई जग्गा धनी पुर्जा बितरण गरेको हो।
बागमती गाउपालिका बिपद ब्यबस्थापन कोष बाट प्रती ब्यक्ति ५ आनाको दरले १५ आना जग्गा खरिद गरि पीडितहरुलाई प्रदान गरिएको हो।
आज एक कार्यक्रमको बिच पालिका अध्यक्ष वीर बाहादुर लोप्चन र सोही वडाका वडा अध्यक्ष बिष्णु प्रसाद तिमल्सिनाले पिडित ब्यक्ति हरुको हातमा पुर्जा हस्तान्तरण गर्नु भएको थियो।

तस्बिर /दिपक घिमिरे समिर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button