राजनीतिसमाचार

जनताको आशा नै रास्वपासँग छ : लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिसन नै बनाएर गरेको आक्रमणलाई आफूले नटेर्ने बताएका छन् ।

उनले भने , ‘अहिले जनताको आशा नै रास्वपासँग छ । आशा नै नभएको दललाई अहिले कसले प्रश्न सोध्छ ? पुराना दलले घुस खायो भन्दा कुनै चासोको विषय नै बन्दैन । खान्थे खाए भन्छन् । तर, हाम्रा माननीयहरूको कहीँ सानो कुरा आउँदा पनि कत्रो समाचार बन्छ । हामीलाई खेदेको होइन । रास्वपाप्रति आशा र भरोसा भएकाले यिनीहरू पनि बिग्रिएका हुन् कि हामीलाई सच्चिने ठाउँ दिएको हुनसक्छ । मिसन नै बनाएर गरेको आक्रमणलाई त म टेर्दा पनि टेर्दिनँ ।

उनले आशा र भरोसासहित गरेको प्रश्नको सम्मान गर्ने बताए ।

Related Articles

Check Also
Close
Back to top button