राजनीति

को हुन बागमतिमा सर्वसम्मत भएका नवराज सञ्जेल

नवराज कार्की,ललितपुर –स्थानीय निर्वाचनको लागि दलहरू आफ्नो उम्मेदवार सर्वसम्मत गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको छ।दक्षिण ललितपुर बागमती गाँउपालिकाको लागि नेकपा एमाले बाट पालिका अध्यक्ष नवराज सञ्जेल लाई सर्वसम्मत उम्मेदवार घोषणा गरिसकेका छन।

एमाले बृतमा राम्रो सम्भावना अनि स्पष्ट राजनिती सिद्धान्तका संञ्जेल युवाहरुले रुचाएको ब्याक्तीको रुपमा हेरिएको छ।हाल गाउपालिका-७ गिम्दिका वडा अध्यक्ष समेत रहेका संजेल आसन्न निर्वाचनको लागि पालिका प्रमुखको सर्वस्म्मत उम्मेदवार हुन।

बिद्यार्थी जिवनमा बि.सं २०५२ साल बाट अनेरास्ववियुको प्रारम्भिक कमिटीमा आवद्ध भइ राजनितीमा होमिएका सञ्जेल प्रारम्भिक कमिटी, ईलाका कमिटी, क्षेत्रिय कमिटी हुँदै बि.सं २०५८ साल सम्म विद्यार्थी राजनितीमा सक्रिय रुपमा लागि परे।

२०६८ साल देखी दक्षिण ललितपुर संपर्क कमिटी को उपसचिब, सचिब हुँदै बि.सं २०७० साल देखि बि.स २०७४ सम्म नेपाल राष्ट्रिय युबा संघ को केन्द्रिय कमिटीअन्तर्गत सामाजिक परिचालन बिभाग को सदस्य समेत भएर काम गरिसकेका सञ्जेल बि.सं २०७१ देखी ०७५ साल सम्म नेकपा एमाले ललितपुर जिल्ला प्रचार प्रसार बिभाग सदस्य समेत रहेर काम गरिसक्नु भएको छ।

बि.सं २०७२ ददेखी ०७५ साल सम्म नेकपा एमाले बागमती-७, गिम्दीको शाखा कमिटी अध्यक्ष साथै बि.सं २०७५ साल देखी नेकपा (पार्टी एकता पश्चात् ) पालिका कमिटी कार्यालय सदस्य बि.सं २०७७ देखि ०७८ साल सम्म नेकपा एमाले ललितपुर जिल्ला कमिटी सदस्य ,०७८ कार्तिक ९ गते को अधिवेशन पश्चात् नेकपा एमाले बागमती गाउँपालिकाको पार्टी अध्यक्षमा निर्वाचित भएका संञ्जेल बागमती-७, गिम्दीको वडा अध्यक्ष समेत हुन।

सरल स्वभाव मिलनसार ब्याक्तित्वको रुपमा परिचीत सञ्जेल राजनीति क्षेत्रमा मात्र नभएर सैद्धान्तिक र ब्यबहारिक शिक्षाको ज्ञ्यान भएका अब्बल दर्जाको ब्याक्तीको रुपमा हेरिन्छ ।संजेलले BA English, Sociology,Diploma in Leadership (UK),MA English, MEd in Educational Management (KU)
MPhil in Educational Leadership (KU) बाट आफ्नो अध्यन पूरा गर्नु भएको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button