जीवनशैली

उद्योग वाणिज्य संघ ललितपुरले बिद्यार्थीलाई छात्रवृत्ति प्रदान

ललितपुर ।।  उद्योग वाणिज्य सङ्घले जिल्लाका केही असल विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरेको छ । सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंले सोमबार एक कार्यक्रमकाबीच जिल्ला भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत १८ विद्यार्थीलाई नगद सहित शैक्षिक सामग्री प्रदान गरेका हुन् ।

जिल्लाका गोदावरी महालक्ष्मी नगरपालिका तथा दक्षिण ललितपुरको महाङ्काल गाउँपालिका र ललितपुर महानगरपालिकाका जेहेन्दार विद्यार्थी छानेर उनीहरुको शैक्षिक स्तर अघि बढाउन मद्दत गर्ने उद्देश्यले उक्त छात्रवृत्ति प्रदान गरिएको अध्यक्ष न्याछ्योंले बताए। सङ्घले प्रत्येक वर्ष आफ्नो सामाजिक उतरदायित्व निर्वाह गर्ने क्रममा शैक्षिक क्षेत्रको विकासका लागि असल अनि मिहिनेती विद्यार्थीलाई सो अवसर प्रदान गरिरहेको गरेको उनको भनाइ छ ।

ललितपुर उद्योग वाणिज्य सङ्घ अन्तर्गत व्यवसायिक उत्तरदायित्व तथा छात्रावृत्ति समितिका संयोजक शर्मिला श्रेष्ठ जोशीले पुरस्कृत विद्यार्थीले सोलाई उत्प्रेरणाको श्रोतका रुपमा ग्रहण गरी भविष्यमा आफ्ना शैक्षिक स्तर अझै उकास्न लाग्नुपर्ने धारणा व्यक्त गरिन । ललितपुर महानगरपालिका भित्र अवस्थित श्री शान्त्ति माध्यविक विद्यालयका शिक्षक हरिदेव यादवले सङ्घले वितरण गर्दै आएको सो छात्रावृत्तिले विद्यार्थीहरुको शैक्षिक स्तर अभिवृद्धि गर्नमा ठूलो मद्दत पुग्ने बताउँदै हौसला समेत बढउने विश्वस लिएको चर्चा गरे ।

कार्यक्रममा ललितपुरका श्री चण्डीदेवी आधारभूत विद्यालय, छम्पी मावि, श्री बाघभैरव मावि, श्री महालक्ष्मी मावि, श्री सिद्धिमङ्गल मावि, महेन्द्र आद्रर्श मावि, चुनिदेवी शिक्षा मन्दिर आधारभूत विद्यालय, मदन स्मारक मावि, यशोधरा बौद्ध मावि, हरिसिद्धि मावि र जलपा मावि गरी १२ विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरिएको जानकारी गराइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button