अन्तर्राष्ट्रियसमाचार

हङकङमा १८ वर्षपछि खुल्यो नेपालीलाई भिसा

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङले करिब १८ वर्षपछि नेपालीहरुका लागि भिसा खुलाएको छ ।

अक्टोबर २५ अर्थात् यसैहप्ताको बुधबार हङकङ सरकारले नेपालीसँगै भियतनाम र लाओसका लागि पनि भिसा खुलाएको हो ।सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको थियो । बुधबार हङकङका प्रमुख जोन लीले भिसा नीति खुकुलो बनाइएको घोषणा गरेको सिन्ह्वाले जनाएको छ ।

अब नेपाली प्रतिभाहरूका लागि हङकङमा रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बन्नेछ । लीका अनुसार भियतनाम, लाओस र नेपालका प्रतिभाहरूलाई आकर्षित गर्न भिसा नीति खुकुलो बनाइएको हो ।

Related Articles

Back to top button