समाचार

पर्यटकीय साहित्यिक यात्रा

ललितपुर ,साहित्य र पर्यटनको प्रर्वद्धनमा हाम्रो अभियान सहित माहाँकाल – बेथानचोक नारायणस्थान पर्यटकीय साहित्य यात्रा तथा रचना वाचन कार्यक्रम सुनगाभा साहित्य सदन ललितपुरको आयोजना र महाँकाल गाउँपालिकाको आर्थिक सहयोग तथा बेथानचोक काभ्रेको सहकार्यमा शनिवार ३ हजार १८ मिटर उचाइमा रहेको नारायणस्थान मन्दिर परिसरमा ललितपुर र काभे्र जिल्लाका स्रष्टाहरुले रचना वाचन गर्नुभएको छ । यात्रामा माहाँकाल गाउँपालिका अध्यक्ष गणेश बहादुर केसी , प्रमुख प्रशासकीय अधिकृत धिरज मरासैनी , वडा नं . १ बुखेलका अध्यक्ष राम प्रसाद घिमिरे , वडा नं . २ मानिखेलका अध्यक्ष ज्योनी न्यासुर वडा नं ३ गोटिखेलका अध्यक्ष मनोज पराजुली वडा नं . ४ कालेश्वरका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिना , वडा नं . ५ का अध्यक्ष भुमिनन्द घिमिरे तथा बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी , वडा नं १ च्यामरङबेंसी का अध्यक्ष मधुसुधन तिमल्सिना वडा नं २ ढुंर्खकका पुरुषोतम तिमल्सिना , वडा नं . ३ ढुंर्खकका कुबेर ढकाल र वडा नं. ५ च्यासिङखर्कका राजकुमार वाइवा सहित पालिकाका कर्मचारीहरुको सहभागीता रहेको थियो

। माहाँकाल गाउँपालिका अध्यक्ष गणेश बहादुर केसीले बनेपा हेटौँडा राजमार्ग निमार्ण गर्न वागमती प्रदेशका मुख्य मन्त्री तथा भौतिक मन्त्री सँग बेथानचोक , माहाँकाल , वागमती र मकवानपुरको वागमती गाउँपलिका प्रमुख र उपप्रमुख सहितको टीमले सरकारको ध्यानाकर्षण गराएको बताउदै बाटोको डिपीआर छिटै बनेर काम सुरु हुने बताउँदै छिमेकी पालिकाहरु बिचमा सहकार्य गरेर सबै पालिकाका जनतालाई सेवा दिने धारणा राख्नुभयो । बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले माहाँकाल पालिकासँग कृषि ,पर्यटन , यातायात शिक्षा , स्वास्थ्य , साहित्य , कला , धार्मिक सांस्कृतिक क्षेत्रको विकासमा सहकार्य गरेर नागरिकको आर्थिक विकास गर्ने बताउँनुभयो । उहाँले भन्नुभयो हाम्रो पहिलो चरणमा साहित्य मार्फत भयो अब हामी पूर्वाधार निर्माण सहित अगाडि बढ्छा्रैँ ।

सुनगाभा साहित्य सदनका अध्यक्ष रामसुन्दर केसीले सहयोग र सहकार्य गर्नुहुने पालिका प्रमुखहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी चैत्र २४ र २५ गते सदनको आयोजनामा साहित्यीक महोत्सव गर्ने बताउनुभयो । उहाँले महोत्सवले देशैभरका साहित्यकालाई जोड्ने जानकारी दिनुभयो । कार्यक्रममा साहित्यकार गोपाल संजेल , रामेश गौतम , रत्न बिरही घिमिरे ,जयराम दहाल , रमेश घिमिरे, पुनम घिमिरे लगायतले रचना वाचन गर्नुभयो ।

Related Articles

Back to top button